![]() |
| ध्रुव बी. खड्का, जापान;20200103 |
पेन्डुलिएको मेरो समाज
जन्मिएर बाच्न संघर्षगर्नेहरुका
कारुनिक रोदन
बाचेर जीईरहेकाहरुका
ब्याथाका गनगनजिएर जियाउनेहरुका अलापको कथन
जियाउने र जिताउनेहरुका गाथाको
भजन
हो बस रोदन देखी भजन
सम्म रुमल्लिएको छ हाम्रो समाज
त्यो समाज भित्र पनि सबैको आफ्नै संसार छ
त्यहि
संसारले मेरो संसारलाई पनि घरिघरि पेन्डुलम बनाइरहन्छ
पेडूलिएको संसारिक
समाज यादकडा बहकिन्छ
पहाडहरु छिचोल्नु
पर्दा अत्तालिन्छ
फलैचा आउदा अलिक
बहलाउछ
आरालो झर्दा खुट्टा
लोलाउछ
चिप्लिएर लड्दा टोलाउछ
पेडूलिएको त्यो संसारिक
समाज फिस्स हासी दिन्छ
हासोलाई हाक दिदै चक्क्षुहरु
चलमलाई दिन्छन
पहाडको चुचुरोमा
पुगेर अर्को पहाड देख्दा
फलैचाको थकान क्षणिकहो
भन्ने बोध हुदा
आरोलामा लौरीले ढाडस
पाउदा
पेडूलिएको संसारिक
जीवन भंगालाहरुमा उपवास बसी दिन्छन
उकाली, ओराली र
फलैचाका लघुताभासले मौनता मनन गर्छन
आरोह र अबरोहको
बहाबलाई आत्मासाथ गर्छु भन्दै
यो र त्यो, यहाँ र
त्यहाँमा, मेरो र उसको गठजोडका प्रलापहरु
एक पछि अर्को गर्दै आफैलाई
खोक्रो पारेको सुखान्तको कृतिम धरोहर
भ्रम र यथार्थको
सीमारेखा कुल्चिएको पत्ता नपाउदै ढली दिन्छ
हो बस ढली दिन्छ उठ्नै
नसक्ने गरि ढली दिन्छ
