दमसाईलोमा हात समाई बाचाको के यार थियो।
हतारको खाली खुट्टे बटुकमा खै के प्यार थियो।।
बाटोमा सिसा फूटाउएर बेनाम अलप हुने कस्तो हतियार थियो।
घाम छायाको आसपासे गगनमा धुम्मिएको दिन कस्तो पट्यार थियो।।
खुरकोटे यात्राको मोसन सिकनेसको भ्रममा परियो कि क्या हो।
धड़कनको अलापलाई विवशताको धमनीले रक्तसंचार मोडियो कि क्या हो।।
अनायासै विचार र विमर्शको मेट्रोकोंड्रीया धरातलसग जोडीएछन्।
जन्जिरका गरा र कान्लाहरुमा रुमानी आत्माहरु छोडीएछन्।।
ग्रिष्मिलो अन्धकारमा खै कताबाट धिपधिपे जुनकिरी दूत आईन।
नीलो नभमा जेलीएको विचारात्मा स्क्रीन सट इनबक्साइन।
टेक्स्ट: ओ डूड- नाइस ओप-किप अप इट साइन
गुड आई अन सोसाइटी-डियर साइन्सटिस्ट
प्रति टेक्स्ट: धन्यवाद
हवाट द फ़्लप टाइम
हवाट द फ़्लप टाइम टेक्स्ट: ओ सीट माई ब्याड - इट्स भ्यालेनटाईन।
प्रति टेक्स्ट: नो देवी- नाउ लाइफ़ इन क्वारेनटिन/टाईन।
#दइण्ड
#दइण्ड