Friday, April 17, 2020

बेग्लै बेग्लै

डा. ध्रुव बि. खड्का


मृग नयनी मायालुको  नशालु नजरको वाण बेग्लै 
सताउछ बाढुल्कीले सम्झनाको  झंकार बेग्लै!!

लठ्याउने मधुर  बोलि उनको लोलिको मिठास बेग्लै 
पवन पनि हिल्लहिलाउछ  चुलठीको चंचल बेग्लै !!

दन्त लहर मदहोसी मुस्कान मात बेग्लै 
स्याउले पनि डाहा गर्ने पुष्टिएका गाला महक बेग्लै !!

नजरले घाइते पार्छ स्पर्शको जादु बेग्लै 
लोलाइदिन्छ गुलाब पनि  सुबासिनीको  अधर बेग्लै!! 


@Tsukuba, Japan


ऊनी

डा. ध्रुव बि. खड्का

गर्छिन उनि मेलापात गाउका पाखा पखेरिमा
टोलाउछिन  घरिघरि एक्लै उनि सेरेटोको सुसेलीमा
आउदाजादा थकान मार्छिन उकालिको फलैचामा
बाटो हेर्छिन साँझपख न्यास्रो मेट्न वेदनिमा
 व्यथित मन  शिथिल तन आउदाजादा मेलापातमा
सितल पार्छिन बिछोडका जलनहरु रुझाउदै गुधुलिमा
बाढुल्कीको हिक्क हिक्क मायालुको समझनामा
सपनीको मधहोसमा  बर्बराउछिन निदनीको अंगालोमा
चिरचिर संगीत झियाउकिरिको मनभित्र गडी बस्छ पधेरिमा
भुलाइदिन्छिन बहलाई जुनकिरिको उज्जेलिमा
पिरतीको डोरी कस्दै राख्छिन उनि सिरानीमा
औसी भोग्दै औला भाच्छिन पुर्णिमाको कल्पनीमा

 @Tsukuba, Japan

मेरो कहर


डा. ध्रुव बि. खड्का
उहाले बोलेपछि सुन्नै पर्यो
सुन्नेहरु सबलाई समर्नथक नठान
उहाले नाटक देखाएपछि हेर्नै पर्यो 
हेर्नेहरु सबलाई दर्शक नठान

सुनाउने र देखाउनेहरु होड चलिरहन्छ
सहमत छौ भने लोली मिलाउ असहमति भए मुक बन
तर उहाको खिलाफमा एक वाक्य नभन

उहाले बुझे जसरि बुझिदिनु पर्छ आफै बुझक्कड नबन
उहाले देखे जसरि हेरिदिनु पर्छ स्व दर्शन दिने भिजनरी नबन
बुझाउने र हेराउने हठ चलिरहन्छ सहमत छौ भने लोली मिलाउ
असहमति भए मुक नबन

जान्दछौ हनुमान चालिसा पढ
भजन लेख सुरिलो स्वरमा कृतन गर 
 लेखाउने र सुनाउनेलाई भेटि कम हुन्न 
उहाको खिलाफमा एक वाक्य बोल्नु हुन्न 

 @Tsukuba, Japan

नेपाली युवा वैज्ञानिकलाई जापानमा उत्कृष्ट पुरस्कार

नेपाली युवा वैज्ञानिकलाई जापानमा उत्कृष्ट पुरस्कार

२७ चैत्र २०७६, बिहीबार १३:५४ 
टेकियो, २७ चैत
नेपाली युवा वैज्ञानिक डा.ध्रुव खड्का सौर्य उर्जा प्रविधिको क्षेत्रमा गरेको उत्कृष्ट अनुसन्धानको लागि जापानमा पुरस्कृत भएका छन् ।
डा.खड्कालाई जापानको चुकुबा स्थित एक प्रतिष्ठित अनुसन्धान संस्थान नेसनल इन्स्टिच्युट फर मटेरियलस सायन्सले उत्कृष्ट अनुसन्धान गरेको भन्दै ‘पन्ध्रौं प्रेसिडेन्ट अवार्ड फर अड्भान्सेस इन सायन्स एण्ड टेक्नोलोगी फर यंग सायनटिस्ट’ प्रदान गरेको हो।

एक नविनतम तथा बहुउपयोगी पदार्थ हेलाइड पेरोभस्काइट प्रयोग गरी सौर्य उर्जाबाट विद्युत उर्जा निकाल्दा आउने चुनौतिको बारेमा गरेको गहन अनुसन्धानलाई उत्कृष्ट ठहर गरिएको हो । जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत रहेको यस अनुसन्धान संस्थानले पदार्थ विज्ञानका विभिन्न अनुसन्धान केन्द्रहरुमा कार्यरत युवा वैज्ञानिकहरु मध्येबाट प्रत्येक वार्षिक उत्कृष्ट अनुसन्धानकर्ताहरुलाई प्रेसिडेन्टस अवार्ड फर अड्भान्सेस इन सायन्स एण्ड टेक्नोलोगी फर यंग सायनटिस्ट प्रदान गर्दछ।

त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभागबाट स्नाकोत्तर उनी इन्चन नेसनल विश्वविद्यालय दक्षिण कोरियाबाट सन् २०१६ मा विद्यावारिधी पुरा गरी हाल जापानको सायन्स सिटिको नामले चिनिने चुकुबा सिटि स्थित उक्त प्रतिष्ठित राष्ट्रिय अनुसन्धान सस्थानको स्वच्छ उर्जा केन्द्रमा स्टाफ साइन्टिस्ट रहेका डा. खड्का सन् २०१६ बाट उक्त अनुसन्धान संस्थानमा कार्यरत छन् ।

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका स्थायी घर भएका डा. खड्काले सौर्य उर्जासग सम्बन्धित विभिन्न पदार्थहरुको बारेमा दर्जनौ अनुसन्धान लेखहरु प्रकाशित छन् ।
पेट्रोलियम उर्जाको भण्डार रित्तिदै गइरहेकाले निकट भविष्यमा आउने उर्जा संकट समाधान तथा अहिले भईरहेको अत्यधिक कार्बन उत्सर्जनको कारणले निम्तिएको वातावरणीय प्रभाव न्यूनीकरण गर्न स्वच्छ वैकल्पिक उर्जाको प्रचुर सम्भावना भएको सौर्य उर्जालाई सस्तो तथा भरपर्दो विकल्प बनाउनको लागि विकसित देशमा अनुसन्धानकर्ताहरु लागिपरेका छन्। अबका केहि वर्षमा सौर्य उर्जा सबैभन्दा सस्तो वैकल्पिक उर्जा हुने उनको दाबी छ।

http://www.kayakairan.com/archives/23382?fbclid=IwAR3yYRA45Hc-NaPblAkv_YZg9wdE7UxzVgORr9zp7vNFF-ng6EGjA_UFAzc
Prize news-11
1. http://japansamachar.com/Education-Technology-Student_…/3428
2. http://www.enews4.com/archives/2117
3. https://www.timesansar.com/…/%E0%A4%9C%E0%A4%BE%E0%A4%AA%E…/
4. https://www.nepaljapan.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%…/
5. http://samudrapari.com/2020/04/337984/
6. https://www.nayapage.com/archives/215920
7. http://japansamachar.com/Education-Technology-Student_…/3428
8. https://www.purbeli.com/archives/38656…
9. https://www.himalkhabar.com/news/113004
10. http://www.kayakairan.com/archives/23382…
11. https://ekantipur.com/technolo…/…/14/15868567530557028.html…

नेपाली युवा वैज्ञानिक डा.ध्रुव खड्का जापानमा पुरस्कृत



नेपाली युवा वैज्ञानिक डा.ध्रुव खड्का सौर्य उर्जा प्रविधिको क्षेत्रमा गरेको उत्कृष्ट अनुसन्धानको लागि जापानमा पुरस्कृत भएका छन।
डा.खड्कालाई जापानको चुकुबास्थित एक प्रतिष्ठित अनुसन्धान सस्थान नेशनल इन्स्टिच्युट फर मटेरियल्स साइन्सले उत्कृष्ट अनुसन्धान गरेको भन्दै पन्ध्रौ प्रेसिडेन्ट अवार्ड फर एड्भान्सेस इन साइन्स एण्ड टेक्नोलोगी फर यंग साइन्टिस्ट प्रदान गरेको हो।
जापानको विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको यस अनुसन्धान सस्थानले पदार्थ विज्ञानका विभिन्न अनुसन्धान केन्द्रहरुमा कार्यरत युवा वैज्ञानिकहरु मध्येबाट प्रत्येक वार्षिक रुपमा उत्कृष्ट अनुसन्धानकर्ताहरुलाई यो पुरस्कार प्रदान गर्दछ।
बहुउपयोगी पदार्थ हेलाइड पेरोभस्काइट प्रयोग गरि सौर्य उर्जाबाट विधुत उर्जा निकाल्दा आउने चुनौति बारे गरेको गहन अनुसन्धान गरे वापत डा.खड्कालाई पुरस्कृत गरिएको हो ।
त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभागबाट स्नाकोत्तर खड्का इन्चन नेसनल विश्वविद्यालय दक्षिण कोरियाबाट सन् २०१६मा विद्यावारिधी गरी हाल जापानको चुकुबासिटिस्थित राष्ट्रिय अनुसन्धान सस्थानको स्वच्छ उर्जा केन्द्रमा स्टाफ साइन्टिस्ट रहेका छन।
उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका स्थायी घर भएका डा. खड्काले सौर्य उर्जासग सम्बन्धित विभिन्न पदार्थहरुको बारेमा दर्जनौ अनुसन्धान लेखहरु प्रकाशित छन।























जापानमा नेपाली वैज्ञानिक पुरस्कृत


2077-01-02
काठमाडौँ — नेपाली वैज्ञानिक जापानमा पुरस्कृत भएका छन् । जापानको साइन्स सिटी भनेर चिनिने चुकूबामा अवस्थित नेसनल इन्स्टिच्युट फर मेटेरियल साइन्स(निम्स)ले सौर्य ऊर्जाको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै नेपाली वैज्ञानिक ध्रुव खड्कालाई पुरस्कृत गरेको हो।

सन् २०१६ मा सेमी कन्डक्टर फिजिक्समा दक्षिण कोरियाको इन्‍छन नेसनल युनिर्भसिबाट विद्यावारिधि गरेका खड्काको हेलाइड पेरोभसकाइट पदार्थको प्रयोग गरेर सौर्य ऊर्जा उत्पादन गर्न सकिने सम्बन्धीको अनुसन्धानलाई उत्कृष्ट ठहर्‍याउँदै निम्सले पन्ध्रौ प्रेसिडेन्ड अवार्ड फर एड्भान्स इन्स साइन्स एन्ड टेक्नोलोजी फर योङ साइन्टिस्ट अवार्ड प्रदान गरेको हो।
हेलाइड पेरोभसकाइट एक नवीनतम् एवं बहुउपयोगी पदार्थ भएको खड्काले बताए। उनका अनुसार अहिले सोलार प्यानलहरुमा प्रयोग हुदै आएको सिलिकनको विकल्पमा पेरोभसकाइटलाई प्रयोग गरे भविष्यमा विद्युत्‌को मूल्य झन् सस्तो हुने उनले बताए। यो पदार्थ सिलिकनभन्दा धेरै नै सस्तो भएकाले यसको उपयोगिताबारे अहिले खड्काले अनुसन्धान गरिरहेका छन्।
उनले भने,‘मेरो अनुसन्धानले सिलिकनको विकल्प पेरोभसकाइटहुने देखाइसकेको छ। अब यसलाई कसरी लामोसमयसम्म टिकाउ बनाउने भन्नेमा अनुसन्धान केन्द्रित छ। यदि यो पदार्थलाई सिलिकनभन्दा धेरै समयसम्म टिकाउ हुने संरचना निर्माण गरियो भने भविष्यमा सोलार प्यानलमा सिलिकनको सट्टा यसको प्रयोग हुनेछ। ’सिलिकनको कार्यक्षमता २६ दशमलव ७ प्रतिशत रहेको र पेरोभसकाइटको पनि त्यसैको हाराहारीमा रहेको उनले सुनाए।

उदयपुरको चौदण्डीगढी घर भएका खड्का विगत ४ वर्षदेखि निम्समा स्टाफ साइन्टिस्टको रुपमा कार्यरत छन्। उनले सौर्य ऊर्जासँग सम्बन्धित थुप्रै लेख विभिन्‍न जर्नलमा प्रकाशित छन्।

जापान उदयको कडी: नेपालको ऐतिहासिक भुल

विश्व इतिहासले एउटा कठोर सत्य बारम्बार दोहोर्‍याएको पाइन्छ ।  वैश्विक शक्तिहरुको उभारसगै भूराजनीतिक आँधीहरू सबै राष्ट्रहरूमा मडारिन्छन् , त...