Sunday, September 18, 2016

गिद्द, सर्प र तिमी


Dhruba B. Khadka
गिद्द, सर्प र तिमी

गिद्दहरु हो गरुड बनेको नाटक बन्द गरेकै बेश
किनकि
गिद्द जति नै उचाइमा उडे पनि जति नै टाढा देखे पनि उ सिनो कै खोजि मा हुन्छ
बगरको सिनोको पर्खाइ नै उसको दैनिकी हो
सिनो नै उसको को अभिस्ट हो
त्यसैले
सजिब जन्तुहरु हो धेरै भरमा नपर
यहाँ तिम्रै सिनोको प्रतिक्षामा छन गिद्दहरु
बग्रेल्ती सर्प हरु हाम्रा वरी परिछन भन्ने जाँदा जाँदै
तिम्रै शिकार गर्ने गिद्दहरुलाई ठुला सर्प हरुले किन टेर्थे र
अलिक नजिक गएर हेर, बिगतलाई पल्टाउ त गिद्दको सक्कली रुप आफै देख्नेछौ
होइन भने जाची हेर
सिनो र सर्प नजिकै राखी हेर
तिम्रो गरुड रूपी गिद्द सिनो तिर लम्कने छ
तिमि लाई सर्पले डस्ने छ
अनि थाहा पाउने छौ
हिजो तिम्रा बा-बाजे लाई पनि यस्तै सर्पले डसेको थियो
आज तिमीलाई डस्यो भोलि तिम्रो सन्ततिलाई डस्ने छ
अनि
तिमीले थाहा पाउने छौ गिद्द र सर्पको सहकार्य
बुझ्नेछौ तिम्रो नजरमा गरुड बनेको नाटक गर्ने गिद्दहरुको सकली रुप
अब
जिउदालाई नै सिनो सम्झिनु भन्दा पहिला
आफै गरुड बन्ने आट गर साना ठुला सर्पहरु बाट सुरक्षित हुन
गिद्दको भ्रममा पर्न बन्द गर
सर्पको डसाइ बाट बच्न सर्पकै बिष नै काफि छ
यत्ति हो जिउदाले जिउदालाई विश्वास गर्न मात्र बाकी छ

No comments:

Post a Comment

जापान उदयको कडी: नेपालको ऐतिहासिक भुल

विश्व इतिहासले एउटा कठोर सत्य बारम्बार दोहोर्‍याएको पाइन्छ ।  वैश्विक शक्तिहरुको उभारसगै भूराजनीतिक आँधीहरू सबै राष्ट्रहरूमा मडारिन्छन् , त...