राजनीतिक दलहरुले राणा र पन्चेकालमा अथाह सम्भावनाका बिच आधुनिक
विकास प्रवाह पक्रिन चुकेको तितो इतिहासबाट पाठ सिकेको देखिदैन् । आजका दिनमा पहिलो विश्वले विज्ञान-प्रविधि मार्फत विकास र सामरिक शक्ति सन्तुलनको रणनीतिक चेसको गोटी चालि रहदमा,
नेपाली नेतृत्व भने युवाहरु बेचेर आएको खहरे द्रब्यमा रमाउदै सत्ताको शकुनी
केरेम्बोर्ड खेल्न व्यस्त छ ।
पछिल्लो
समय, विकल्प दिन राजनीति मैदानमा व्यावसायिक तथा प्राज्ञिक क्षेत्रमा सफल मानिएकाहरु जोडिनु सुखद मान्न सकिएला । तर विकल्प दिने उद्घोष गरेका नेता तथा
कार्यकर्ताहरु आर्थिक अपचलन तथा सामाजिक विचलनमा पर्दा पछाडी जोडिएको पाउनुले आम
मानिसमा थप निराशा र संसय पैदा गरेको छ । पछिल्लो समयका, बालुवाटार,
जहाज खरिद, शरणार्थी प्रकरण, टेरामेक्स, प्रिन्टिङ्गप्रेस, सुन तस्कर, पासपोर्ट,
एमडीएमएस, गिरीबन्धु
टी–इस्टेट र सहकारी लुट
जस्ता दर्जनौ काण्डहरुमा जोडिएका व्याक्तिहरुको विरासत र तीनले पाएको छुट हेर्दा राजनीतिक
गाडीको उर्जाले कानुनी राज्यको पर्यावरणलाई नराम्रोसग प्रदुषित गरेको स्पष्ट
देखिन्छ । राजनीतिमा
जोडिएका यस्ता नयाँ-पुराना मान्छेहरुले कार्वाही गर्नु पर्ने निकायहरुबाट परोक्ष्य
रुपमा प्रायोजित उनमुक्ति दिइरहेका छन् । यसले कानुनी शासनलाई मजाक बनाइरहेकोछ । वैकल्पिक राजनीतिको चीरहरण गरेकोछ ।
नेपाली राजनीति उर्जाको चरित्र र रङ्ग
आर्थिक
क्रान्तिको महाभियानको न्यायपूर्ण लोकमार्गको नेतृत्व गर्छु भन्नेहरु नै विभिन्न
रंगका खोल भित्र अपचलन र विचलनका फोहोरहरु बोकेर हिड्नेको भीड बढ्दो छ । नागरिकहरुमा भावना र भ्रमको खेती गर्ने
मायावी चरित्रहरुले नेपाल निर्माणमा चुनौती खडा गर्न सक्छन् । चौतर्फी अनिश्चितताका बिच सबल नेतृत्व खड्की रहेको छ । भूराजनीतिक रणनीतिमा जेलिएको अवस्थामा राजनीतिक
नेतृत्वले रचनात्मक पहल लिन सकेको छैन् ।
तरल आन्तरिक राजनीतिकमा चलायमान नेतृत्वका उर्जाहरुका चरित्रहरुलाई खुट्याएर
खराबलाई किनारा लगाउन ब्यालेट र कानुन एक साथ चुकिरहेका छन् ।
प्रविधिका उपकरण संचालनमा प्रयोग गरिने उर्जाको
प्रकृतिले वातावरणमा प्रभाव पारे जस्तै देशका गाडी हाक्ने नेतृत्वको उर्जाको राजनीतिक
चरित्रले ठुलो प्रभाव पारेको हुन्छ। जस्तो कि, उर्जा विज्ञानको नजरमा विश्व
विज्ञान मुख्यतः तीन प्रकारका उर्जाहरुले चलिरहेको छ । प्रतीकात्मक रुपमा
तिनीहरुलाई रातो, निलो र हरित उर्जाको सुचिकृत गरिएको छ। रातो उर्जा पेट्रोलियमको
हो, जसबाट उर्जा सहित पर्यावरणीय प्रतिकुल ग्यासहरू उत्सर्जित हुन्छ । निलो उर्जाको पर्यावरणीय प्रतिकुलता तुलनात्मक
रुपमा कम हानिकारक हुन्छ भने हरित उर्जा हानिकारक रहित पर्यावरणीय सन्तुलनमा
सहयोगी मानिन्छ । हाम्रो देशको पछिल्लो राजनीति पर्यावरण
नियाल्ने हो भने, विगत २ दशकमा मुख्यत:
तीन उर्जावाला चेतहरु राजनीतिक इकोसिस्टममा
आएकाछन् ।
पहिलो,
लोकतान्त्रिक राज्य स्थापना गर्ने विचारको रातो पुस्ता, जसले रातो उर्जा सहित सफल
नेतृत्व गर्यो तर अधिकांस देश विकासमा भन्दा आफ्नो परिवार/आसेपासेको बृद्दी विकासमा भुलिएको
छ । यो वर्गको चेतले राजनीतिक अस्थिरताको
निरन्तरताको उत्प्रेरक बन्दै राष्ट्रवाद, धर्म, मोर्चा, गठबन्धन र सहकार्यको नाममा
कलुषित स्वर्थानुकुल पार्टी फुटाउदै/जोड्दै सिन्डिकेट खडा गर्दैछ। यो समुहमा पुराना
राजनीतिकका अधिकांस नेतृत्वहरु पर्छन् ।
रातो उर्जाको यो नेतृत्व वर्ग आधुनिक देश निर्माणको लागि पुर्णत प्रतिकुल छ ।
दोस्रो,
राजनीतिक विचारको निलो पुस्ता, जो पूर्ण लोकतन्त्रको पृष्ठभूमिमा रातो उर्जावालाको
अक्रमन्यतालाई प्रहार गर्दै पपुलिज्मको कुहिरो बनाउछ । जो अहिले रातो उर्जाको सिन्डिकेटतन्त्रको घोडा बनेको छ। पृष्ठभूमि
चहकिलो रातो त छैन् ।
तर व्यावसायिक तथा व्यावहारिक जीवन विवादित र सन्देहास्पद छ। अर्थात केही कालो
पोतिएको निलो उर्जा जस्तै अवगुण बोकेको छद्म चेतको जस्तो देखिन्छ । यसमा पहिचान/जातीयताको
खोल ओडेका तथा वैकल्पिक बेलुन उडाउने पार्टीहरुका अधिकांस नेताहरु पर्छन् । जो
सत्ता सयरमा रातो उर्जाका नेत्रित्वहरूसग बेथितिको लौरो समातेर ताते गरिरहेका छन् । यो समुहले भावनाको मुखुण्डो लगाएर देश निर्माणको सपनाको मौषमी भ्रमको खेति गरिरहेकोछ ।
तेस्रो, राजनीतिमा उदाइरहेको पुस्ता
। जो रातो ऊर्जासग प्रतक्ष्य नजोडिएको मात्र होइन, व्यावसायिक तथा व्यावहारिक
जीवनमा पनि कुनै रातो र निलो उर्जाले दुषित छैन् । यो पर्यावरण सन्तुलनको प्रतिक हरित उर्जा बोकेको हरियो
चेतको पुस्ता हो । यो शक्तिलाई सम्भावित नयाँ नेतृत्वको रुपमा
उदाएका बालेन, विवेकशील अभियान, पारिवारिक विरासत नभएका तथा राजनीतिकमा हामफाली
नसकेका नव चेत बोकेका युवाहरुले प्रतिनिधित्व गर्छन् । अबको समाजले मुख्यतः यी तीन रंगहरुको खास्टो ओढ्ने
राजनीतिक नेतृत्व र चारित्रिक उर्जालाई खुट्याउनु पर्छ ।
हरित चेत अभियान
नेपाली समाजको राजनीतिक चरित्र र त्यसले
ल्याएको उभारलाई नयाँ पुस्ताले बुझ्ने गरि खुट्याउन विज्ञानको लेन्सले नियाल्नु आवश्यक छ । फिजिक्स विषयमा
धेरै प्रयोग हुने रिजोनेन्स थ्योरीको सैद्दान्तिक तथा व्यावहारिक तथ्यले भन्छ जब
कुनै पनि पदार्थको गुण अर्को पदार्थसग मिल्छ त्यसले ठुलो उभार देखाउछ। भौतिक विज्ञानमा
कैयौ महत्वपूर्ण तथ्यहरु निर्क्योल गर्न रामवाण मानिने रिजोनेन्सको सिद्दान्तलाइ समाज
अध्ययनको कोणबाट मनन गर्ने हो भने अहिलेको समाजको मनोविज्ञानको फ्रिक्वेन्सी (चरित्र)
परावर्तित भएको देखिन्छ ।
आम नागरिकको बाहिरी व्यावहार र भित्रि चरित्रमा कही कतै गोलमाल मनोविज्ञान रहेको छ । जसकारण आम चाहना अनुसारको समृद्दी तथा सुशासन
अनुरुपको नेतृत्वसग व्यावहारिक रिजोनेन्स गराउन हाम्रो समाज निरन्तर चुकिरहेकोछ ।
मुख्यतः
लिगलिगे राजनीतिक दुष्चक्रबाट देशलाई बाहिर निकाल्न आम मानिसमा हरित चरित्रको
रिजोनेन्स गराउनुपर्छ ।
देश हाक्नेहरुको वास्तविक रङ्ग चिन्न/चिनाउन सामाजिक पर्यावरणको जागरण जरुरी छ।
जस्तो कि, नाङ्गो आखाले प्रकृतिमा देखेका वस्तुहरुको वास्तविकता निकै फरक हुन्छ । वस्तुको रङ्ग बारे आधारभूत विज्ञानले भन्छ,
जसले प्रकाशका सबै रङ्ग आफुमा समाहित गर्छ त्यो कालो देखिन्छ भने कुनै रंग समाहित नहुने
सेतो बेदाग देखिन्छ । जहाँ प्रकृति र समाज रंगिन देखिन्छ, त्यहाँ केही रङ्गहरु आफुमा लुकाएको हुन्छ ।
अब
यी वैज्ञानिक तथ्यहरुलाई समाजको जमिनी अवस्थाबाट हेरौ । जसरी विज्ञानको लेन्सले बहुंगी प्रकृतिको रङ्ग हेरेर उसले
लुकाएको रङ्ग सजिलै थाहा पाउछ। कानुनी राज्य र निष्पक्ष पत्रकारिताको अभावमा, समाजका
बहुरंगी मानिसहरुको देखिने रङ्ग र लुकाएको रङ्ग ठम्याउन सब कोहीलाई कठिन छ । बहुरुपिया र कस्मेटिक दुनियामा बहुसंख्यक
मानिसहरुले समय र सन्दर्भमा रङ्ग बदलेर आफ्ना कर्तुत छोप्ने मात्र होइन, भ्रम र
भावना भजाएर आफ्नो स्वार्थ सिद्द गर्न उद्दत देखिन्छन् । अहिलेको सामाजिक संजालमा पनि यस्तै प्रवृतिहरुको ठुलो
उभार देखिन्छ, यो वास्तविक र भर्चुवल संसारको भ्रामिक रिजोनेन्सको अर्को नमुना हो। मानवको सामाजिक जीवनमा छिपेका यस्तै विच्छरिन्खलताहरुले
नयाँ पुस्तालाई दिग्भ्रमित पारिरहेकाछन् । जब चरित्रका खोल चिन्ने र चुन्ने हरित चेत
अभियानमा आम नागरिक समाहित हुन्छन् ।
तब मात्र देशमा समृद्दीको पर्यावरण फस्टाउछ।
नयाँ
पुस्ताको बिगुल
सामाजिक
भ्रमिकरणलाई रोक्दै हरेक क्षेत्रमा हाली मुहाली गरिरहेका समाज तथा राजनीतिक खराब उर्जाहरुका
असली रुप आमको उजागर गर्न हरित उर्जाको पुस्ताले हरित चेतको बिगुल फुक्नैपर्छ । अमेरिकी राष्ट्रपति रुजभेल्टको आम चेत बारे एक प्रसिद्द टिप्पणी छ,“मतदान भनेको त्यो राइफल हो जसको प्रभावकारिता मतदाताको चरित्रमा निर्भर हुन्छ ।”
आम नागरिकले जनमतको राइफललाई सहि निशानामा लगाएर देश निर्माणको चरित्र प्रतिबिम्बित
गर्नुपर्छ। नत्र मतदाताहरुको रङ्ग भेदी चेतना तथा चरित्र माथि प्रश्नहरु तेर्सिन्छन्
। त्यसैले मतपत्र मार्फत खराब पात्र र प्रवृतिलाई निषेध गरेर समाजमा हरित चरित्र
निर्माण गर्न आम नागरिक सुसुचित हुनुपर्छ । देशका अनगिन्ति
बेथितिहरुको शल्यक्रिया गर्न अब हरित चेतको राजनीतिक शक्तिको उभार आउनै पर्छ । यसको लागि हरित चरित्र भएका युवा शक्ति, नागरिक समूह तथा सामाजिक
अभियानहरुले एकीकृत अभियान चलाएर सामाजिक चेतनाको शंखघोष गर्ने समय आएकोछ ।
अबका दिनमा रातो र निलो छविका जो सुकैलाई राजनीतिक मात्र होइन आर्थिक, शैक्षिक तथा व्यावसायिक नेतृत्वमा पुग्न निषेध गर्ने कडा राजनीतिक तथा कानुनी अंकुश लगाउन वच डग जस्तो हरित अभियान चलाउनु अपरिहार्य छ । नागरिक सामु तर्कानुकुलको तथ्यांक देखाउने कुटिलाता प्रस्तुत गरेर विद्वान नेता टोपलिने र वाककलाले सृजना गर्ने दिग्भ्रमित माहोललाई चिर्नु पर्छ । एक प्रसिद्द दार्शनिक एडोनिसले भनेका छन “मतदान भनेको कुन राजनीतिक दल वा नेताले जनतालाई उसको भाषणबाट कति धेरै भ्रामिक प्रभावमा पार्यो भन्ने कुराको मापन हो।” भ्रमित चेतले सहि गन्तब्यमा पुर्याउदैन् । भुलभुलैयामा पार्नेहरुलाई आम मानिसले चिन्न र निषेध गर्न आवश्यक छ। हरित चेतको नेतृत्व आममानसमा स्थापित भए मात्र राजनीतिक शुद्दिकरणको नयाँ अध्याय शुरु हुन्छ। सम्मुनत नेपालको दरिलो जग बसाउन सकिन्छ । समाजमा हरित चेत र चरित्र सहितको अभियान स्थापित नहुने हो भने हामी लाहुरे विरासतको दलदलमा सदा फसिरहने नै छौ । बनिबनाउ आर्थिक इमारतका कल्पवृक्षको ओत पुस्तौ सम्म खोजिरहने छौ। विप्रेषण अर्थशास्त्रको पहिलो च्याप्टरमा सधै सुचिकृत हुनेछौ । अहिलेको अन्योलको जन्जिर तोड्न, आधुनिक विश्व विकास बुझेको नयाँ पुस्ताले हरित चेतको अभियान मार्फत राजनीतिक शुद्दिकरण गर्दै आधुनिक राष्ट्र निर्माणमा अनुकुल स्थानबाट एकाकार हुनै पर्छ ।
(https://www.nayapatrikadaily.com/news-details/143137/2024-06-13: २o८१ जेठ ३१ बिहीबार o६:५९:oo)

.jpeg)
No comments:
Post a Comment