नेपालकोराजनीतिमा कुनै खतरनाक तिडकडम नभए नववर्षको सुरुवातसगै शिशु गणतन्त्रको लोकतान्त्रिक आधार एकाइ मानिने स्थानीय सरकार स्थापित हुदैछ। चुनावमा उमेद्वार हुन चहाने दलीय वा गैर दलीय व्याक्तिहरुको स्थानीय स्तरमा संगठनीक चहलपहल र सक्रियताले स्थानीय स्तरमा चुनावी सरगर्मी बढेको संकेत गर्छ। मुलधारका राजनीतिक दलहरुलेले संविधान र राज्यपुनर्संरचनामा प्रकट भइरहेका असहमति र विरोधका आवाजहरुलाइ जनभावना अनुकुल सन्तुलित सम्बोधन गरेर सबैलाई विश्वासमा लिनु नै उपयुक्त हुन्छ। राज्यका सबै क्षेत्र र समुदायका नागरिकहरुको अपनत्व सहितको सहभागिताको सुनिश्चिताले मात्र राजनीतिक स्थिरता, आन्तरिक
राष्टियता र दिगो विकासको खिलाफमा देखिएको धमिलो अतिवादी मिराजलाई चिर्न सक्छ। आशा गरौ अब हुन लागेको स्थानीय निर्वाचनले राजनीतिक व्यावस्था र अधिकारको लडाईलाइ विस्थापितगर्दै परिस्कृत राजनीतिक संस्कार सहितको राष्टविकासको फराकिलो राजमार्ग तयार गर्नेछ।
संघिय
गणतान्त्रिक संविधानको कार्यान्वायन मार्फत परिवर्तनलाइ अनुभूति हुनेगरी संथागत गर्न राजनीतिक दलले अब विकासको राजनीतिलाई मुल मन्त्र बनाउनु पर्छ। स्थानीय निर्वाचनमा राजनीति विचारको बहस गौण बनाउन सकियो भने अझ उच्च स्तरको प्रतिस्पर्धी वातावरण बन्छ। तर दलहरुले यसलाई सकारात्मक रुपमा लिएका छैनन्। जनताले यो बुझ्न जरुरी छ की स्थानीय
निर्वाचनमा कुनै दल वा व्याक्तिले धर्म, जातीय/क्षेत्रीयता,
खोक्रो राष्टवाद जस्ता विषयलाई लाइ चुनावी नारा बनाउछ भने त्यो सरासर राजनीतिक भ्रमको खेति गरेर जनतालाई गुम्राहामा राख्ने प्रपन्च मात्र हो। अब निर्वाचनलाई झुट र आश्वासनको फुलिन्दा बनाइ रहन हुन्न। स्थानीय सरकार संविधानले सुनिश्चित गरेका अधिकारलाई जनतामा पुर्याउने र राष्ट्र निर्माणमा प्रतक्ष्य सहभागी गराउने स्थानीय जनतासग सिधा जोडिएको कार्यकारी लोकतान्त्रिक एकाइ हो। त्यसैले निर्वाचनको म्याराथुनमा उमेद्वारको कार्यक्षमता, सामाजिक आचरण र नगर विकासका मुर्त योजनालाई प्रतिस्पर्धा तथा छनौटको मुख्य आधार बनाउन राजनीतिक दल र नागरिकहरुले सचेत पहल गर्ने बेला आएको छ। भौतिक विज्ञानमा लागु हुने रिजोनेन्सको सिद्दान्तलाइ राजनीतिक विज्ञानमा मनन गर्ने हो भने निर्वाचनमा उमेद्वार र समाज तथा वहुसंख्यक मतदातहरुको फ्रिक्वेन्सी (चरित्र) मिलेर नै नेतृत्व चुनिने गर्छ। यदि मतदाताहरुले समृदी, सुशासन तथा समानता चाहेको हो भने त्यहि अनुरुपको नेतृत्वसग रिजोनेन्स गराउन चुक्नु हुन्न।
संविधानले स्थानीयतहलाई महत्वपूर्ण अधिकारहरु दिएको छ। स्थानीय सरकारको अधिकारलाइ प्रभावकारी कार्यान्वायन गर्न सक्ने, विकासका योजना बनाउने, आयका स्रोत पहिचान र परिचालन गर्न सक्ने क्षमतावान तथा दुरदर्शी व्याक्ति निर्वाचित हुन सके छोटो समयमा नै जनताले परिवर्तनको आवास पाउन सक्छन। निर्वाचनमा भागलिने राजनीतिक आवद्द व्याक्ति तथा स्वतन्त्र उमेदवारले वस्तुनिस्ठ विकासका योजनाहरुसहितका चुनावी प्रतिवद्दताका साथ जनतामा जानु पर्छ।
नेताहरुको जनतालाई मुर्ख बनाउने कुटिलातालाई व्यंग गर्दै एक प्रसिद्द लेखक एडोनिसले भनेका छन “मतदान
भनेको कुन राजनीतिक दल वा नेताले जनतालाई उसको भाषणबाट कति धेरै भ्रामिक प्रभावमा पार्यो भन्ने कुराको मापन हो।” अब मतदाताहरुलाई
भ्रममा पारेर उल्लु बनाउने छट्टु चाला बन्द गर्नु पर्छ। मुलत राजनीतिक दलहरुले आफुले बिगतमा गरेका कामलाई बढाईचढाई गर्ने, हावादारी
योजना बनाउने, गैर राजनीतिक
हौवा फैलाउने तथा मतदातालाई पैसाको प्रभावमा पर्ने परम्परा नै बसाएका छन। अबका दिनमा प्रत्येक नागरिक सचेत हुनैपर्छ। हो जनतालाई अधिकार सम्पन्न बनाउन विभिन्न काल खण्डमा भएका आन्दोलनहरुमा राजनीतिक दलहरुको बिशिष्ट योगदान छ त्यसको मुल्यांकन जनताले गर्ने नै छन तर देश र जनताको प्रगतिको लागि सहि अर्थमा नेतृत्व लिन चहाने हो भने राजनीतिकदलहरुले सबैखाले गलत प्रवृतिलाई पूर्णरुपमा निषेध गर्न आनाकानी गर्नु हुन्न। यसको लागि मुलतः
हरेक पार्टीका मुख्य नेतृत्वले कलुषित स्वार्थ दलदलबाट बाहिर निस्कनै पर्छ।
स्थानीय
सरकारको निर्वाचनसगै जनताले प्रशासनिक तथा अन्य सरकारी सेवा सुविधामा सहजरुपले प्राप्त गर्ने छन तर त्यसलाई प्रभावकारी बनाउन निर्वाचित नेतृत्वको अहम भूमिका हुन्छ। यदि बिचौलिया प्रवृतिका नेतृत्व आएमा जनतालाइ थप आहात हुने निश्चित छ। स्थानीय स्तरका विकासका आयोजना, खानेपानी,
साना-जलबिद्युत, भुमि व्यावस्थापन,
कृषि उत्पादन र बजारीकरण जस्ता जनताका जनजीविकासग जोडिएका क्षेत्रहरुको विकासमा विशेष प्रोत्साहन तथा सहजीकरण गर्न सके स्वरोजगार तथा आर्थिक सामाजिक क्षेत्रमा छोटो समयमा ठुलो फड्को मार्न सक्छ। तर गलत नेतृत्व हावी भएमा स्थानीय सरकार दलाल र घुसखोरीको अखडा हुनेछ। अहिले देखिएको अर्को विकराल समस्या भनेको सरकारी/समुदाहिक विद्यालयमा भएको व्यापक राजनीतिककरण गर्दा निम्तिएको खस्कदो शैक्षिक स्तर अनि शैक्षिक माफियाको बोलवाला हो। गुणस्तरीय तथा रोजगारी मुलक शिक्षालाई वर्गीय पहुचमा ल्याउन राजनीतिक नेतृत्वको रचनात्मक भूमिका आवश्यक छ। बिडम्बना यस्तो छ कि, नेता,
सरकारी शिक्षककर्मचारीहरु छोराछोरीलाई निजि विद्यालयमा पढाउछन, अनि सरकारी
विद्यालयमा चरम राजनीति र नातागोता तथा कार्यकर्ताको भर्ति केन्द्र भएका छन। दलका नेता, चन्दादाता
तथा समर्थकहरु नै शैक्षिक माफिया छन, यसलाई चिर्न जबर्जस्त नेतृत्वको आवश्यक छ। समग्रमा भन्नु पर्दा अहिले स्थानीय सरकारलाई दिईएको अधिकारलाई कुशल नेतृत्वले राजनीतिक आग्रह र माफियाहरुको चंगुललाइ चिर्दै जनतालाइ केन्द्रमा राखेर काम गर्ने हो भने कम्युनिष्टहरु भन्ने गरेको साम्यवाद वा विपीले कल्पना गरेको सामाजवादको न्युनतम आधार तयार गर्न धेरै समय लाग्दैन। यदि ५०/६० जना स्थानीय नेतृत्वहरुले मात्र भएपनि उदाहरणनिय काम गर्न सके त्यसको सकारात्मक प्रभाव पुरै देश भरि पर्ने निश्चित छ। हो चुनौतीका पहाडहरु छन तर चुनौतीलाई अवसरमा बदल्ने दृढ संकल्प गरेमा समतामुलक समाजका सुनौला फाटहरुमा पुग्न सकिने सम्भावनाहरु त्यति टाढा छैनन।
तर अहिलेको
स्थानीय चुनावी वहस आमजनताले चाहे जस्तो तथा परिवर्तनको अनुभूति गर्ने तवरले हुन सकेको छैन। दलाल राजनीतिले यसरी गाजेको छ कि अहिले प्रतिस्पर्धामा रहेका दलहरुका मुख्य पदका धेरै जसो आकांक्षी उमेद्वारहरुमा स्थानीय भूमाफिया, स्थानीय
श्रोत साधनहरुको दोहनका
ठेकेदार तथा तिनका संरक्षक, बैदेशिक
रोजगारीका दलाल, अनि ठुला नेताको
निकट रहेका स्थानीय दादाहरुको बोलवाला छ। यिनीहरुले जनतालाई अनेकौ तरिकाले मनि/मसलको प्रयोग गरेर प्रभावित पार्ने अनि प्रतक्ष्य अप्रतक्ष्यरुपमा स्थानीय श्रोतसाधनमा निहित स्वार्थ बोकेका मानिसहरुको पकड रहने सम्भावना छ। राष्टिय मिडियामा यस्तै पात्र र प्रवृतिहरूले विभिन्न दल आवद्द स्थानीय प्रमुखउपप्रमुखको सम्भावित उमेद्वारहरुको स्यालहुइया मच्चाइरहेका छन। यहाँ चुनावी तालमेलका र राजनीतिक जालझेलका विषयले प्रशय पाइरहेका छन। चुनावी एजेन्डा, विकासका
योजना र संभावना, उमेद्वारको
क्षमता, सामाजिक तथा आर्थिक अनुशासनको बारेमा राष्ट्रिय मिडिया र विश्लेषकहरुले खुलेर वहस चलाउन सकिरहेका छैनन। भ्रम र भय रहित वातावारणमा मतदाताले राजनीतिक विचारको चौघेरा नाघेर सबल नेतृत्वलाई मतदान गरेमात्र राजनीति परिवर्तनले जनजीवनमा सार्थक परिवर्तन गर्न सकिन्छ। नत्र कान चिरेका जोगीको उखान भट्याइ रहनु पर्ने हुन्छ।
राजनीतिलाइ
शुद्दिकरण गर्न नागरिकहरु आफैले इमान्दार प्रयास गर्नै पर्छ। जनताले बुझ्नुपर्ने कुरा के हो भने विकास केन्द्रित राजनीतिक डिस्कोर्स सही नेतृत्वको छनौटले मात्र तय गर्न सक्छ। राजनीतिमा सहि पात्र र प्रवृतिलाई स्थापित गर्न कुनै न कुनै क्षेत्रमा स्थापित/सफल, शिक्षित,
स्वछ सामाजिक आचरण भएको, समाज र राष्ट्रको
लागि केहि गर्छु भन्ने भावना भएको गतिशिल व्याक्ति छनौट गर्नु पर्ने हुन्छ। यसको लागि मतदाताहरुले उत्कृष्ट उमेद्वार छनौटमा पारिवारिकराजनीतिक पृष्ठभुमि, नातागोता,
निकटता, आर्थिक प्रभाव भन्दा माथि उठेर मतदान गर्नु जरुरी छ। हाम्रो देशको उदोगतिको प्रमुख कारक लामो राजनीतिक सक्रमण र भ्रष्ट राजनीति हो भन्ने कुरामा दुइमत छैन तर त्यसको मूल जरो भनेको सबै तहको चुनावमा सहि पात्र छनौटमा जनता चुक्नु नै हो। अमेरिकाका राष्ट्रपति रुजभेल्टको मतदान बारे एक प्रसिद्द टिप्पणी छ, “भोट
भनेको त्यो राइफल हो जसको प्रभावकारिता मतदाताको चरित्रमा निर्भर हुन्छ।” हो अब पनि मतदाताले
मतको राइफललाई पहिले जस्तै गलत निशाना लगायौ भने प्रश्न नेताहरुमा मात्र होइन हामी मतदाताहरुको चेतना तथा चरित्र माथि पनि तेर्सिन्छ। त्यसैले अबका सबै निर्वाचनमा मतपत्र मार्फत खराब पात्र र प्रवृतिलाई निषेध गर्नै पर्छ। राजनीतिक दलको आवद्दता भन्दा पनि दलको प्रतिनिधित्व गर्ने पात्रको गुणदोषको आधारमा मतादेश जाहेर गर्ने चेतना विकसित भए मात्र राजनीतिक शुद्दिकरणको नयाँ अध्याय शुरु हुन सक्छ।
राजनीतिलाई
सत्ताशक्तिको खेल मात्र बनाएर देशको भविष्यमाथि जहिल्यै झेल गरिरहेको पुस्तालाई बिश्राम लिन र अभिभावकीय भूमिकामा रहन युवापुस्ताले बाध्य पार्नैपर्छ। राजनीतिलाइ विकास मूल वाहक बनाउन र देशका यावत चुनौतीहरुलाइ सामना गर्न जनसंख्याको ठुलो हिस्सा रहेका युवा मतदाता र विभिन्न क्षेत्रमा सफल युवाहरुले हस्तक्षेपकारी निर्णायक भूमिका निभाउनु पर्ने बेला आएको छ। यति भन्दै गर्दा, हामी कहाँ बेरोजगारी
युवाहरुको ठुलो संख्यापनि चुनावमा विभिन्न प्रलोभनमा पारेर अनुकुल प्रयोग गरेको दृष्टान्तहरु धेरै छन। युवाहरु जिम्मेवार हुने हो, भ्रष्ट नेताको ललिपपमा नभुल्ने हो भने दुषित राजनीति धेरै हद सम्म सङ्ग्लो हुने थियो। युवाहरु राष्ट्रका वर्तमान हुन जसले राष्ट्र्को भविष्यलाइ आफ्नो काधमा बोक्ने ल्याकत राख्दछन। यदि युवाहरुले सहासका साथ हस्तक्षेप नगर्ने हो भने बुढाहरुले आर्यघाट नपुगुन्जेल छोड्नेवाला छैनन। दुइ दशक सम्म निर्वाचन नभएकोले पुराना दलहरुमा पाका आकांक्षीहरुको ठुलो जमात पनि छ। यसैबीच समाज र राष्टको समृदिको नेतृत्वलिन सक्ने शिक्षित र विभिन्न पेशा, उद्दम,
व्यावसाय तथा सेवामुलक क्षेत्रहरुमा सफल तथा स्थापित युवाहरुको ठुलो उत्साह देखिएको छ। यहिले सम्म देशको उच्च राजनीतिक तहमा पुग्नेहरु अधिकार प्राप्तिको आन्दोलन तथा विद्यार्थी राजनीति स्थापित भएका थिए। अब समय फेरिएको छ, स्थानीय
राज्य तहको विकास राजनीतिमा खारिएको काबिल नेता मात्र राष्टिय राजनीतिमा स्थापित हुन सक्छ। हो अब ति कर्मठ युवाहरुले देशको यावत समस्याहरुलाइ केलाउदै समाधानका विकल्प बन्ने आत्माविश्वासका साथ जवर्जस्त उपस्थिति देखाउन जरुरी छ। अबको युवापिडिले दृढ मनोबलका साथ मिले सम्म पार्टीको साथ लिएर नभए स्वतन्त्र उमेदवारकारुपमा जनताकोसाथ लिएर विकास राजनीतिको लगाम समात्न अब ढिलो गर्नु हुन्न।
ध्रुव बी. खड्का
No comments:
Post a Comment