Monday, July 9, 2018

सौर्य उर्जालाई विद्युतमा परिणत गर्ने युवा वैज्ञानिक डा. खड्का पुरस्कृत

7 July, 2018 13:09 | जापान |  comments | 4650 Views

    नेपाली वैज्ञानिक डा. ध्रुव खड्का वैकल्पिक उर्जा विकासको क्षेत्रमा गरेको अनुसन्धानको लागि जापानमा पुरस्कृत भएका छन् ।सौर्य उर्जालार्इ विद्युत उर्जामा परिवर्तन गर्न प्रयोग गरिने एक नविनतम तथा बहुउपयोगी पदार्थ हेलाइड पेरोभस्काइटको बारेमा गरेको अनुसन्धानलाई उत्कृष्ट ठहर गर्दै युवा वैज्ञानिक खड्कालाई उक्त पुरस्कार दिइएको हो ।
    डा. खडका कार्यरत जापानको एक प्रतिष्ठित राष्टिय अनुसन्धान सस्थान“ नेसनल इन्स्टिच्युट फर मटेरियलस साइन्सले स्वच्छ ऊर्जा पुरस्कार २०१७ प्रदान गरेको हो ।
    जापानको शिक्षा, सस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको यस अनुसन्धान संस्थानले वैकल्पिक उर्जाको क्षेत्रमा अनुसन्धान गर्ने वैज्ञानिकहरुमध्येबाट प्रत्येक वर्ष एक उत्कृष्ट अनुसन्धानकर्तालार्इ अवार्ड अफ इनोभेसन दिने गर्दछ ।
    त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभागबाट स्नाकोत्तर डा. खड्का इन्चननेसनल विश्वविद्यालय दक्षिण कोरियाबाट सन् २०१६ मा विद्यावारिधी गरी हाल जापानको साइन्स सिटिको नामले चिनिने चुकुबासिटिस्थित उक्त अनुसन्धान सस्थान अन्तर्गत इन्टरनेसनल सेन्टर फर योंग साइन्टिष्टसमा अनुसन्धानरत छन् ।
    उदयपुर जिल्लाको चौदण्डी नगरपालिकाका स्थायी घर भएका डा. खड्काले सौर्य उर्जाबाट विद्युत उर्जा निकाल्न आवश्यक विभिन्न पदार्थहरुको बारेमा दर्जनौं अनुसन्धान लेखहरु प्रकाशित गर्नुका साथै विभिन्न अन्तर्राष्टिय वैज्ञानिक सम्मेलनहरुमा आफनो अनुसन्धानलाई प्रस्तुत गरिसक्नु भएको छ ।
    पुरस्कृत भएपछि डा. खड्काले निकट भविष्यमा आउने उर्जा संकट समाधान तथा अहिले भैरहेको अत्यधिक कार्बन उत्सर्जनको कारणले निम्तिएको वातावरणनीय प्रभाव न्यूनीकरण गर्न स्वच्छ वैकल्पिक उर्जाको प्रचुर सम्भावना भएको सौर्य उर्जालाई सस्तो तथा भरपर्दो विकल्पका रुपमा सौर्य उर्जा हुने बताउनुभएको छ स
    मानव समुदायको दैनिकी तथा स्वच्छ पर्यावरणसग प्रतक्ष्य जोडिएको वैकल्पिक उर्जाको अनुसन्धानको लागि दिएको उपाधिले आफूलाई काम गर्न थप उर्जा मिलेको डा. खडकाले बताउनुभएको छ ।
    http://www.nepaljapan.com/%E0%A4%B8%E0%A5%8C%E0%A4%B0%E0%A5%8D%E0%A4%AF-%E0%A4%89%E0%A4%B0%E0%A5%8D%E0%A4%9C%E0%A4%BE%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A4%E0%A4%AE%E0%A4%BE/

    No comments:

    Post a Comment

    जापान उदयको कडी: नेपालको ऐतिहासिक भुल

    विश्व इतिहासले एउटा कठोर सत्य बारम्बार दोहोर्‍याएको पाइन्छ ।  वैश्विक शक्तिहरुको उभारसगै भूराजनीतिक आँधीहरू सबै राष्ट्रहरूमा मडारिन्छन् , त...