![]() |
ध्रुव बी. खड्का, चुकुबा |
कहरको ढाकरलाई च्यौख्वाको पाखा पखेरामा बिसाएर दुधकोशीको सुसाइलाई सुसेडाडामा छोडी
खाली खुट्टा र कछ्छाडमा पुर्णिमाको जून खोज्न मुग्लानीनु भा मेरा बा ||
औशिको रात छिचोल्दै झ्याउकिरिको संगीत र जुनकिरीको धिपधिपे प्रकाशमा भीर र गल्छी छल्लिदै गर्दा
बिहानी
किरणसगै अनिश्चित गन्तव्यको यात्रामा पहिलो पटक मोटरमा चढी
वान्ता र
रिंगटाको मथिंगललाइ बस र रेलका गतिमा भुलाउदै सिपाहीको फुली भिर्न मुठ्ठी कस्नु भा
मेरा बा||
बहादुरको असफल विरामसगै आप्रबासी मजदुरको कहरबाट शुरु हुन्छ मेरा बाको अर्को यात्रा,
कर्मठ हत्केलामा खिल्टीएका ठेलाका निला तलाउमा बाका बा जस्तै आफ्नै अर्को यात्रा
अर्कै भूगोलमा भविष्यका लागि भौतारिनु छैठी लेखान्तको अर्को पदयात्रा||
नांगाको देशमा झुपडीको बास र सुन्दर भविष्यको आशा अनि
मेरो बाको विवशता
गाईका पुच्छर समाउदै बाख्राका पाठा हुर्काउदै मेरी आमाको सहयात्रा
कुएरका लाक्रासग बोझ्दै, दूधका लिटर गुन्दै, तोरीका
दाना बटुल्ने मेरा बा
विपद र विषमतामा न कहिले आतिएको देखे न कहिले घोत्लिएको
देखे
सन्तान विरामी पर्दा आशु नरसाई सुन्निने बा का नयनले न कहिले
पिडा बोले
बस नलेखेको कथा, नखिचिएको तस्विर, नबजाइएको धुन हो मेरा
बा ||
पहाडको चुचुरोबाट देखिने फराकिलो
मनोरम दृश्यमा मोहकिनु हुन्न
पहाडी यात्राका फलैचा-चौतारीहरुमा थकाई मार्न रुची गर्नु हुन्न
मन्दिर र देउरालीमा फुल चढाउन बिर्सिनु हुन्न
खै किन हो घाम-पानीमा छाता नओड्ने तर उकाली ओरालीमा लौरो नछोड्ने मेरा बा ||
मेरो भविष्य प्रति चिन्ता गरि रहने मेरा बा
मेरोबाको वर्तमानले झन चिन्तित म
भूपू र वर्तमानका मुग्लानिएकाको चिन्ता माथिको फगत चिन्ता

No comments:
Post a Comment