| ध्रुव बी. खड्का, २०२१/०९/२०, संविधान दिवस |
गाउ/शहरका ब्वासा र स्यालहरू सिंहदरबारमा रम्दै थिए।
जंगली सिंहहरू शाहाकारी भएर शहर पस्दै गर्दा
स्यालहरू शहरलाई रेबिज ग्रस्त बनाउन अभ्यस्त थिए।
शाहाकारी
सिंह जंगल बासको विस्मिर्तिमा स्वर्ण पलंगमा रम्दै गर्दा
ब्वासाहरू मिसनरी र कमिसनका ठेकेदारहरुको ओत र गोदमा कोपभाजनमा अभ्यस्त थिए।
सिंहका
सारथीहरू रेबिज ग्रसित ब्वासा र स्यालहरूसग लोली मिलाउन चितुवा,
खिरखिरे, ढाडे र छुचुन्द्रो बन्दै गर्दा।
शाहाकारी सिंहको बलिष्ट जंगली बथान शहरिया ब्वासा र स्यालहरूसग सिनोहरुको भोजनमा स्वादीन थाले।।
हो त्यही विन्दुबाट वक्रिय पथमा भ्रमको बुर्की छर्दै
नागरिकका सपनाहरुको मलामी यात्रा तय गरे।।
सुमार्गी हुदै सारदानाथमा गएर मृत्युसग सत्संग र किर्तन गर्दै ।
सुरक्षित बासको भागदौड़मा अवसानको अन्तिम भोज आयोजना गरे।।
त्यहि बाट कालो सुरुंगमा छिर्यो त्यो शाहाकारी सिंहको बथान
सिर्फ सुरक्षित बासको सौदाबाज़ीको नाममा आफ्नै चीता बनाए ।।
अस्थित्वका खातिर कोहि धुर्तहरुले ब्वासोसग त कोहिले चितुवासग मीतलाए
कोहिले स्यालसग त कोहि सुगूरसग प्रित लाए।।
सारदानाथको प्रसाद खान जंगली बथान अभ्यस्त रहदा।
शाहाकारी
सिंहको गर्धन समातेका ब्वासो/स्यालहरु यति र ओम्नीमा सयर गर्दैथिए।
रेबिज
ग्रसित ब्वासोहरूले चौधरीको चाउचाउ हजाम गरेर गोल्छाको गम्छाको फेरो समात्दै।
दूगर्डसग
टुबोर्कको चुस्की लिदै अग्रवालको महलमा आहाल बसेर छदम भेषी ठोरी रामलिला गाउदै थिए ।
तीर्थाटन गर्न निस्किने बहानामा स्वार्थको रोटि सेक्न शकुनी जाल बुन्दै थिए
हाम्रा
पसिना र हाम्रै बाजेको रगतको टारमा बसेर स्वार्थ/झेलको शकुनी खाल बनाउदै थिए
हाम्रा बाजेकै अस्तुबाट कैयौ थान कोडी कौडा बनाउदै थिए ।।
बस त्यहि महाभारत त्यहि शकुनि कौडा
बस त्यहि युद्दपासा पात्र अनि प्रवृति
कर्णहरुको
दुरुपयोग शकुनीको बाचालमा दुर्योधनको बढ्दो गर्जन।
प्रतिभावान अभिमन्युहरुलाई चक्रव्युहमा पारि स्याल जयद्रथहरुले हत्या गर्दै गर्दा
हठी भिष्म, कुण्ठित कर्ण र प्रतिसोधि द्रोणहरु जाली शकुनी चंगुलमा अवसानको यात्रा थिए
आफैले सुरक्षाको जिम्मा लिएको साम्राज्यमा आफै लुट्न अभ्यस्त त्यो रक्त कुण्ड संग्रामको जात्रा थियो।
अब हेर्न र भोग्न बाकि छ यो लुटतन्त्रमा जाली, लुटाहा र लुच्चाहरुको कुशासनमा
पाण्डवका नवबालकहरुको शीर छेदन गर्ने अर्को अस्वश्थामा को देखिने हो?
कसले
त्यो अघोरी अस्वश्थामाको मणि निकालेर अजये मातृभूमिको रक्षा गर्ने हो?
बस भगवान भरोसामा स्वर्णिम सपना
अनि त्यो स्वर्ग भुमि
त्यो बलिदानको पौरख त्यो कुकर्मीहरुको कलुषित रजगज
बस त्यो स्वेर कल्पना
त्यो नरभक्षी सिंहको अवसान ब्वासा र स्यालहरुको सफाया
त्यो
समुद्र मन्थन अनि त्यो कामधेनुको पुन:जन्म
बस त्यो स्वेर कामना
No comments:
Post a Comment