भड़ूवाले भाड़ा लुकाउछ।
रड्डी चिनीको
कमिला उठाउछ।
कमिलाको
प्वाख पलाउछ।
अनि उ अस्ताउछ।
एक ढोगी चाटुकार धनुष्टकार बन्छ।
श्वास रोक्दै स्वाभिमानको प्रत्यंचा चड़ाउछ।
घुडा खुम्चाउदै आत्मा सम्मानमा तीर दगाउछ।
नागरिकको चेतनाको चक्क्षुलाई निशाना बनाउछ।
स्वाभिमान र अत्याचारको कलि-महाभारतमा बलराम मिन्छ।
लाहा गृहका भग्नावशेषमा
उभिएर शकुनीहरुको कवच टोपलिन्छ।
नागरिक सर्वोच्च न्याय मार्गमा बलरामिदै दुर्योधनको स्तुति गाऊछ।
नमिता-सुमिताको आत्माको किच्कंडीसग फन्को मारेर नागिन
नृत्यिन्छ।
प्रविणको करंगको सारंगीको शोक धुनमा आत्मै देखि लोलाउछ।
सफा दौरा-सुरुवाल लगाएर फोहोरको डंगुरमा सुसाउछ।
दास-पुर्खाको शकुनी आत्मा सवार गराउदै कुर्लन्छ: देश डुंगडुंती
गनाइ सक्यो।
दास-छद्म भेषी- भन्दछ सतिले सरापेको देश
विचार भन्दा माथि देश- देशका लागि नरेश
स्वर्ग थियो उबेला देश- तोइत मसिनो आवाजमा किन सुनिन्थ्यो र? खाग र चरेस।
#इति-
२०२३-१०-२४, डी खड्का
No comments:
Post a Comment