![]() |
| डा. ध्रुव बि. खड्का |
गर्छिन उनि
मेलापात गाउका पाखा पखेरिमा
टोलाउछिन घरिघरि एक्लै उनि सेरेटोको सुसेलीमा। ।
आउदाजादा थकान
मार्छिन उकालिको फलैचामा
बाटो
हेर्छिन साँझपख न्यास्रो मेट्न वेदनिमा । ।
व्यथित मन शिथिल तन आउदाजादा मेलापातमा
सितल
पार्छिन बिछोडका जलनहरु रुझाउदै गुधुलिमा । ।
बाढुल्कीको
हिक्क हिक्क मायालुको समझनामा
सपनीको मधहोसमा बर्बराउछिन निदनीको अंगालोमा। ।
चिरचिर
संगीत झियाउकिरिको मनभित्र गडी बस्छ पधेरिमा
भुलाइदिन्छिन
बहलाई जुनकिरिको उज्जेलिमा । ।
पिरतीको
डोरी कस्दै राख्छिन उनि सिरानीमा
औसी भोग्दै
औला भाच्छिन पुर्णिमाको कल्पनीमा । ।
@Tsukuba, Japan

No comments:
Post a Comment