Friday, April 17, 2020

बेग्लै बेग्लै

डा. ध्रुव बि. खड्का


मृग नयनी मायालुको  नशालु नजरको वाण बेग्लै 
सताउछ बाढुल्कीले सम्झनाको  झंकार बेग्लै!!

लठ्याउने मधुर  बोलि उनको लोलिको मिठास बेग्लै 
पवन पनि हिल्लहिलाउछ  चुलठीको चंचल बेग्लै !!

दन्त लहर मदहोसी मुस्कान मात बेग्लै 
स्याउले पनि डाहा गर्ने पुष्टिएका गाला महक बेग्लै !!

नजरले घाइते पार्छ स्पर्शको जादु बेग्लै 
लोलाइदिन्छ गुलाब पनि  सुबासिनीको  अधर बेग्लै!! 


@Tsukuba, Japan


No comments:

Post a Comment

जापान उदयको कडी: नेपालको ऐतिहासिक भुल

विश्व इतिहासले एउटा कठोर सत्य बारम्बार दोहोर्‍याएको पाइन्छ ।  वैश्विक शक्तिहरुको उभारसगै भूराजनीतिक आँधीहरू सबै राष्ट्रहरूमा मडारिन्छन् , त...