सुन्नेहरु सबलाई समर्नथक नठान
उहाले नाटक
देखाएपछि हेर्नै पर्यो
हेर्नेहरु सबलाई दर्शक नठान। ।
सुनाउने र देखाउनेहरु होड चलिरहन्छ
सहमत छौ भने लोली मिलाउ असहमति
भए मुक बन
तर उहाको खिलाफमा एक वाक्य नभन । ।
उहाले बुझे जसरि बुझिदिनु पर्छ आफै बुझक्कड नबन
उहाले देखे जसरि हेरिदिनु पर्छ स्व दर्शन दिने भिजनरी नबन । ।
बुझाउने
र हेराउने हठ चलिरहन्छ सहमत
छौ भने लोली मिलाउ
असहमति भए मुक नबन । ।
जान्दछौ हनुमान चालिसा पढ
भजन लेख सुरिलो स्वरमा कृतन गर
लेखाउने र सुनाउनेलाई भेटि कम हुन्न । ।
उहाको खिलाफमा एक वाक्य बोल्नु हुन्न
@Tsukuba, Japan

No comments:
Post a Comment